
नेपालअखबार,काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले सबभन्दा धेरै समस्या प्रदेशका कारण भएको बताएका छन् ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै जनमोर्चाका अध्यक्ष समेत रहेका केसीले भने, ‘लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षता जोगाउन हामी एक हुनुपर्छ, भ्रष्टाचारीसँग हामी लाग्दैनौ ।’
उनले अहिले सबभन्दा ठुलो समस्या प्रदेशका कारण भएको पनि बताए ।
‘प्रदेश भएका ठाउँमा बासको पुल तर्नलाई जनताले २० रुपैयाँ तिर्नुपर्ने भएको छ’, केसीले भने, ‘संघीय प्रणाली ल्याएपछि स्वीजरल्याण्ड बनाउछौ भनेको होइन तपाईहरुले ? महोत्तरी र सिराहा जोड्ने एउटा बासको पुल छ त्यहाँ एक पटक तर्दा २० रुपैयाँ तिर्नुपर्छ । यहीं हो तपाईहरुले स्वीजरल्याण्ड बनाएको नेपाल ?’


