Monday, May 11

सुनको भाउ प्रतितोला २ हजार रुपैयाँ घट्यो

नेपालअखबार,काठमाडौं । सुनको भाउ प्रतितोला २ हजार रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि भाउ प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन पनि सुनको भाउ प्रतितोला ३ हजार ७ सय रुपैयाँ घटेको थियो । दुई दिनमै सुनको भाउ तोलामा ५ हजार ७ सय रुपैयाँ घटेको छ ।अघिल्लो दिन १ लाख ८६ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । चाँदी तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९६० रुपैयाँ रहेको चाँदी आज १९७० रुपैयाँ कायम भएको छ ।

Advertisement