Monday, April 20

गाउँपालिकाले किसानलाई बाँड्यो ९० थान बन्दुक

नेपाल अखबार,तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले किसानलाई बाँदर धमाउन निःशुल्क बन्दुक वितरण गरेको छ। गाउँपालिकाका ७ वटै वडाका कृषकलाई गाउँपालिकाले बाँदर धपाउन बन्दुक विरतण गरेको हो।
पहिलो चरणमा ९० थान बन्दुक वितरण गरिएको गाउँपालिका अध्यक्ष मायादेवी रानाले जानकारी दिइन्। वालिङ नगरपालिकाबाट दुई लाख ५० हजार मूल्य बराबरको बन्दुक खरिद गरेर कृषकलाई वितरण गरिएको उनले बताइन्।
‘बाँदरले बालीनाली खाएर नोक्सान गर्न थालेपछि कृषकलाई बन्दुक वितरण गरेका हौँ,’ अध्यक्ष रानाले भनिन्।
बाँदरले खेतीबाली खाइदिएपछि कृषकहरु गाउँपालिकामा गएर राहत माग्दै आन्दोलन गर्न थालेपछि गाउँपालिकाले बाँदर धपाउन बन्दुक दिएको हो। ‘पहिलो चरणमा क्षेत्र मिलाएर ९० थाल बन्दुक बाँडेका छौँ,’ अध्यक्ष रानाले भनिन्, ‘अझै पनि माग अनुसार वितरण भएके छैन, मगाएर वितरण गर्ने योजना बनाएका छौँ।’
गाउँपालिकाभित्र ८४ वटा टोल विकास संस्था छन्। एक टोलमा दुई वटाको दरले बन्दुक वितरण गर्नुपर्ने देखिएको गाउँपालिका कार्यालयले जनाएको छ।
गाउँपालिकाको घडेरी, सिम्ले, जामुनेभञ्ज्याङ, दोभान क्षेत्र, दीर्घु, बाख्रो, भोर्ले, साँघे फाँट आसपास क्षेत्र, हर्कपुर, विजयथुम, गाउँस्वाँरा, धैरेनी, सालघारीलगायतका क्षेत्रका किसानलाई बन्दुक बाँडेको हो।
ती क्षेत्रमा बाँदरले खेतीबाली खाएर सास्ती दिन थालेपछि कृषकहरुले पटकपटक गाउँपालिकामा आएर बन्दुक माग गरेका थिए। रासस

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *