
नेपालअखबार,काठमाडौँ ।अमेरिकामा इरानको समर्थनमा प्रदर्शन गरिएको छ । प्रदर्शनकारीको एक भीडले न्युयोर्कको सडकमा मार्चपास गरेका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा प्रकाशित भिडियोमा टाइम्स स्क्वायररमा ‘इरानबाट टाढा रहो’ जस्ता नारा लगाएका छन् भने इजरायली समर्थकलाई पनि गाली गरेका छन् ।
यी इरानी समर्थकले म्यानहट्टनको सडकमा अघि बढेका थिए । तर न्युयोर्क प्रहरीले उनीहरुलाई इजरायली वाणिज्य दूतावास पुग्नुअघि नै रोकेको छ ।
यो प्रदर्शन प्यालेस्टिनी युवा आन्दोलन र समाजवादी संगठनको पिपुल्स फोरम एलायन्सको सहकार्यमा भएको थियो ।

