
नेपालअखबार, काठमाडौं । आत्महत्या दुरुत्साहन मुद्दामा दोषी ठहर भएका एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–९ घर भएका ३१ वर्षीय दिनेश लबजु छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरबाट पक्राउ गरेको हो ।
आत्महत्या दुरुत्साहन मुद्दामा भक्तपुर जिल्ला अदालतले २७ चैत २०८० मा उनलाई एक वर्या कैद र १० हजार जरिवानाको फैसला सुनाएको थियो ।फैसला कार्यान्वयनका लागि उनलाई अदालतमार्फत कारागार पठाइने प्रहरीले बताएको छ ।

