Sunday, July 19

धनगढीमा कटुवा पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

नेपालअखबार,धनगढी। कैलालीको नेपाल–भारत सिमाना क्षेत्रबाट नेपाली प्रहरीले कटुवा पेस्तोलसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

Advertisement

आइतबार साढे चार बजेतिर धनगढी उपमहानगरपालिका–१२ को पटरीघाटस्थित नेपाल–भारत सिमाना क्षेत्रमा अस्थायी प्रहरी पोष्ट जुगेडा र जिल्ला प्रहरी कार्यालयको आपराध अनुसन्धान समूहबाट खटिएको टोलीले पेस्तोलसहित दुई भारतीयलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशको लखिमपुर जिल्लाको बेलावर्सी बस्ने २४ वर्षीय सौरभ सिंह र २० वर्षीय विपिन कुमार रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले बताए।

Advertisement

उनका अनुसार पेस्तोलमा लाग्ने एक राउन्ड गोली पनि बरामद गरिएको छ ।दुवै जनालाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।