Wednesday, April 22

एकीकृत समाजवादीको बैठक १९ गते बस्ने गरी स्थगित

नेपालअखबार,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक असार १९ गते बस्ने गरी स्थगित भएको छ । शुक्रवार र शनिबार बसेको सचिवालय बैठक आज आइतबार दिउँसो १ बजे बसेर समापन गर्ने तयारी थियो ।

‘आजका लागि तय भएको बैठक बस्न सकेन । अब अर्को बैठक असार १९ गते बस्छ’, सचिव सोमप्रसाद पाण्डेले भने, ‘अन्य कार्यक्रमले नेताहरू व्यस्त बनेकाले बैठक सरेको हो ।’

Advertisement

सचिवालय बैठकमा सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालबाहेक अन्य नेताहरूले बोल्ने क्रम शनिबारै सकिएको छ । खनाल, भुसाल बोलेपछि अध्यक्षले समापन सम्बोधन गरेर बैठक सक्ने तयारी रहेको थियो ।