Thursday, July 9

बढ्यो महाकालीमा पानीको बहाब, चारपांग्रे सवारीसाधन आवतजावतमा रोक

नेपालअखबार, कञ्चनपुर ।  महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपांग्रे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ।

Advertisement

लगातारको वर्षापछि महाकाली नदीमा पानीको सतह बढेपछि चारपांग्रे सवारीसाधनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए।

Advertisement
Advertisement

‘महाकालीमा पानीको बहाव एक लाख क्युसेक पुगेपछि आवागमनमा रोक लगाइन्छ,’ उनले भने, ‘शनिबार महाकाली नदीमा पानीको बहाव एक लाख १५ हजार क्युसेक पुगेपछि चारपांग्रे सवारीसाधनमा रोक लगाइएको हो।’

Advertisement

यही असार १६ गतेसम्म सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सबैमा आग्रह गरेको छ।