Friday, July 10

नेपाल कृषि क्षेत्रमा ठूलो सम्भावना भएको मुलुक हो: अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाल कृषिमा आत्मनिर्भर हुनुपर्नेमा जोड दिनुभएको छ।

Advertisement

अखिल नेपाल किसान महासंघको आयोजनामा काठमाडौँको तार्केश्वर नगरपालिका वडा नम्बर ८ मा आयोजना गरेको रोपाइ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले उक्त कुरा बताउनु भएको हो।

Advertisement
Advertisement

उहाँले भन्नुभयो, ‘हाम्रो कृष क्षेत्र आत्मनिर्भर बन्नुपर्ने हो। तर, हाम्रो कृषि क्षेत्र परनिर्भर छ। यसलाई बदल्नुपर्छ। हाम्रो देशमा उत्पादन हुन सक्ने फलफूल, अन्नबाली उत्पादन गर्नुपर्छ।’

Advertisement

महासंघका संयोजक बलदेव चौधरीको अध्यक्षता सम्पन्न रोपाइ कार्यक्रममा अध्यक्ष नेपालले नेपाल कृषि क्षेत्रमा ठूलो सम्भावना बोकेको मुलुक भएको दाबी गर्नुभयो।

Screenshot-2025-06-29-123558-1751182012.jpg

f8cc8843-447a-4e12-b963-605b9e4fe596-1751182012.jpeg

aa5150d4-1180-40f0-b59c-50cd7c4bdaf0-1751182011.jpeg

1169fe51-331b-4a97-8acb-75eb65f8a4e2-1751182010.jpeg