Sunday, May 24

नेकपा एकीकृत समाजवादीको निर्देशन अध्यक्ष मुद्दाबारे जथाभावी नलेख्नुस्, नबोल्नुस्

नेपालअखबार, काठमाडौँ । एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि चलिरहेको मुद्दाबारे जथाभावी नबोल्न नेता–कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।

महासचिव घनश्याम भुसालले आइतबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष नेपालमाथिको मुद्दामा पार्टीको धारणा भन्दा फरक नबोल्न निर्देशन दिएका हुन् ।

Advertisement

अध्यक्ष नेपालविरुद्ध नेतृ रामकुमरी झाँक्रीले सामाजिक सञ्जालमा अभिव्यक्ति दिएपछि पार्टीले विज्ञप्ति जारी गर्दै जथाभावी नलेख्न र नबाेल्न निर्देशन दिएको हो ।

नेपाल विरुद्ध अख्तिायर दुरुपयोग अनुसन्धान आयागले विशेष अदालतमा पतञ्जली प्रकरणमा मुद्धा दायर गरेको थियो । अदालतले नेपाललाई ३५ लाख धरौटीमा रिहा समेत गरिसकेको छ ।

509763098_1284888692993230_2484704011614370888_n