Saturday, August 22

न्यायमा सर्वसाधारणको पहुँच कम हुँदै गयोः ज्ञानेन्द्रबहादुर कार्की

नेपालअखबार,काठमाडौं ।  नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले न्यायमा सर्वसाधारणको पहुँच कम हुँदै गएको बताएका छन्।   संसदीय सुनुवाई समितिको सोमवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले अहिले सर्वोच्च अदालतमा धेरै मुद्दाहरु विचाराधीन रहेको बताएका हुन्।

Advertisement

कार्कीले त्यसको समाधानका उपायबारे प्रस्तावित न्यायाधीश शान्ति थापालाई प्रश्न गरे।

Advertisement
Advertisement

‘अहिले सर्वोच्चमै धेरै मुद्दाहरु पेण्डिङमा छन्। विचाराधिन छन्। ति मुद्दालाई अघि बढाउन के गर्नुपर्छ? तपाईंको के सोचाई छ ? सर्वसाधारणको पहुँच न्यायमा कम हुँदै गएको भन्ने चर्चा छ। त्यस्तै न्यायालयप्रति जुन किसिमको आस्था, विश्वास र भरोसा हुनुपर्ने हो त्यसमा कमी आएको हो की भन्ने आशंका छ। तपाईंले यी कुरा निरुपण गर्न के भुमिका रहन्छ?,’ उनले प्रश्न गरे। न्यायालयप्रतिको जनताको आस्था, विश्वास र भरोसामा कमी हुँदै आएकोप्रति ध्यानाकर्षण गराए।

Advertisement