नेपाल अखबार, कैलाली । मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट सुदूरपश्चिम प्रदेशमा थप१०८ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएपछि सक्रिय संक्रमित संख्या २ हजार ७०५ पुगेको छ । यसअघि नै ९ सय ३८ संक्रमित निको भएर घर गइसकेका छन् भने ७ जनाको मृत्यु भइसकेको छ ।
रास्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा ३०, धुलिखेल अस्पतालको प्रयोगशालाबाट ५४, सेती प्रादेशिक धनगढीको प्रयोगशालाबाट २२ र डडेल्धुरा अस्पतालको प्रयोगशालाबाट २ जनामा संक्रमण पुष्टि भएको स्वास्थय निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ ।
पुष्टि भएकामध्ये कैलालीका ११ पुरुष र ६ महिला तथा अछामका ९ पुरुष र ७ महिला रहेका छन् । त्यसैगरी, बाजुराका ३९ पुरुष र १५ महिला, बैतडीका १० पुरुष र २ महिला, डोटीका ४ पुरुष र ३ महिला, डडेल्धुराका १ पुरुष र १ महिला रहेको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए ।
प्रदेशमा हालसम्म २३ हजार ५४८ जनाको पीसीआर विधिबाट जाँच गरिएको र १९ हजार ८९८ मा नेगेटिभ आएको उनले बताए । २ हजार १७४ को रिपोर्ट आउन बाँकी रहेको छ । आरडिटी बिधिबाट १ लाख १६ हजार ९८४ जनामा परीक्षण गरिएको छ ।
हालसम्म फेला परेका संक्रमितहरु अछामका ५७०, बैतडीका २९५, बझाङ्गका १३९ ,बाजुरा ४४४, डडेल्धुराका २६९, दार्चुलाका १७, डोटीका ५२१ , कैलालीका ९६७ र कञ्चनपुरका ४२८ गरि ३ हजार ६५० रहेका छन् । जसमा महिला ८४५ र पुरुष २ हजार ८०५ छन् ।
क्वारेन्टिनमा ३ हजार ९८५ पुरुष र १ हजार १०१ महिला रहेका छन् । प्रदेशका बिभिन्न आईसोलेसनमा शंकास्पद १५ र संक्रमित १०३ गरी ११८ जनाको उपचार भइरहेको छ । ७०३ जना भने सामान्य उपचार पछि घर गईसकेका छन् ।
हाल सेती प्रादेशिक अस्पताल धनगढीमा ९, टिकापुरमा ४२, महाकालीमा १८, अछाममा १०, डोटी २, बाजुरा २, र मालाखेती अस्पतालमा २० जना संक्रमितको उपचार भई रहेको उनले बताए । बाँकीको भने ९ वटै जिल्लाको आइसोलेसनमा उपचार भइरहेको स्वास्थ्य महाशाखा प्रमुख कार्कीको भनाइ छ ।
उनले मंगलबार मात्रै कैलालीबाट ३ अछाम ३०, कञ्चनपुरबाट १ जना संक्रमित गरी ३४ जना निको भएर घर गएको बताए ।
Nepal Akhabar > Blog > प्रदेश > प्रदेश ७ > सुदूरपश्चिम प्रदेशमा थप १ सय ८ जनामा कोरोना संक्रमण
Hi! Keen on the vibe—it’s superb. In fact, the vibe brings a stunning touch to the overall vibe. More please!
This excellent website really has all of the info I wanted concerning this subject and didn’t know who to ask.
You’re so interesting! I do not think I’ve truly read through a single thing like that before. So good to discover another person with original thoughts on this subject matter. Seriously.. thanks for starting this up. This web site is something that is required on the internet, someone with a bit of originality.
bookmarked!!, I really like your website.