प्रदेश ४स्वास्थ्य

गण्डकीमा १३ कोरोना संक्रमित थपिए

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका २ स्थानीय तहमा नयाँ संक्रमित फेला परेका हुन् । पोखरा महानगरमा १० सहित कास्कीमा कोरोनाका १३ संक्रमित थपिएका छन् । यो सँगै प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ११२९ पुगेको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरामा थपिएका दशै जना संक्रमित पुरुष हुन् । यसैगरि, माँदी गाउँपालिकामा १ महिला र दुई पुरुषमा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो अपडेटअनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ४ जनाले ज्यान गुमाएका छन् भने निको हुनेको संख्या ३ सय ४३ पुगेको छ ।

the authoradmin

Leave a Reply