Sunday, November 2

ट्याक्सीलाई चल्न दिन संसदीय समितिको सरकारलाई निर्देशन

नेपाल अखबार, काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले ट्याक्सी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । विश्व स्वास्थ्य संगठन र कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले बनाएको मापदण्ड अनुसार ट्याक्सी सेवा खुला गर्न समितिले निर्देशन दिएको हो ।
समिति सभापति कल्याणीकुमारी खड्काले सरक्षा र सतर्कता अपनाएर ट्याक्सीलाई सेवा दिन खुला गर्नुपर्ने बताएकी छिन् । बुधबार समितिमा ट्याक्सी व्यवसायी नेता र मजदुरहरुसँगको छलफल भएको थियो ।

Advertisement
ट्याक्सी व्यवसायीले भोकै मर्नुपर्ने अवस्था आएको, डिप्रेसनमा पर्नेहरु बढेको लगायतका गुनासो राखेका थिए । उनीहरुले बैंकको किस्ता तिर्न समस्या परिरहेको भन्दै ब्याजमा मिनाहा र छुट दिनपर्ने माग गरेका छन् ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *