Sunday, April 19

प्रतिनिधि सभामा प्रश्नोत्तरअघि प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन्।

दिउँसो १ बजेदेखि सुरू हुने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

Advertisement

आजै प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम छ।

त्यसअघि उनले विशेष सम्बोधन गर्न लागेका हुन्।

प्रमुख सचेतक बर्तौलाका अनुसार सरकारको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन्।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले असार ३० गते प्रतिनिधि सभामा प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको सम्बोधनका क्रममा उठाएका प्रश्नहरूको जबाफ दिने पनि प्रमुख सचेतक बर्तौलाले बताए।