Sunday, April 19

संघीय लोकतान्त्रिक मोर्चाले आजदेखि जनजागरण अभियान सुरु गर्दै

नेपालअखबार,काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाले आजदेखि जनजागरण अभियान सुरु गर्दै छ ।

काठमाडौंको कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा एक कार्यक्रमबीच ‘वर्तमान राजनीतिक अवस्थाबारे जनजागरण अभियान’सुरु गरिने जनता समाजवादी पार्टी (जसपा)नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

Advertisement

मधेशकेन्द्रित ७ दलको मोर्चाले काठमाडौं, भैरहवा, नेपालगञ्ज, कैलाली, विराटनगर, राजविराज, जनकपुर र वीरगञ्जमा जनजागरण अभियान गर्न लागेको छ ।

कार्यक्रममा मोर्चाका शीर्ष नेताहरुले संघीय लोकतान्त्रिक मोर्चा गठनको आवश्यकता र औचित्वबारे प्रष्ट पार्ने बस्नेतले बताए ।कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन मोर्चा सम्बद्ध दलहरु आवश्यक तयारीमा जुटेको र जसपा नेपालले ८ स्थानको कार्यक्रममा सहभागी हुने नेताहरुको टुङ्गो समेत लगाइसकेको बस्नेतले जानकारी दिए ।