Thursday, July 9

गुल्मीमा डहरे खोलाले बगायो कार

नेपालअखबार,गुल्मी।  गुल्मीको सत्यवती गाउँपालिकामा डहरे खोलाले कार बगाएको छ।

Advertisement

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार सत्यवती गाउँपालिका वडानम्बर- ६ उल्लीखोलास्थित डहरे खोलामा शान्तिपुरबाट बुटवलतर्फ जाँदै गरेको बीएए००१७ नम्बरको कार बगाएको हो।

Advertisement
Advertisement

मंगलबार बिहान पौने १२ बजेतिर डहरे खोलाले बगाएर कारलाई ५० मिटर तल पुऱ्याएको थियो। स्थानीय र ट्याक्टरको सहायताले कार खोलाबाट बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

Advertisement

प्रहरीका अनुसार उक्त कार  घनश्याम गौतमले चलाएका थिए।

गौतमसँगै अरूतीन जना साथी समेत गाडीमा सवार थिए।

खोलामा गाडी पार गर्न नसकेपछि गाडीमा सवार चारै जना उत्रिएपछि गाडी बगाएकोले मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ।

कारलाई खोलाबाट निकालेर बुटवलतर्फ ल्याइँदै छ। गाडीमा सवार सबै जना सकुशल छन्।

गाडीलाई डहरे खोलाले बगाउँदै बडिघाट खोलामा पुर्‍याएको थियो। गाडीलाई बडिघाट खोलाबाट क्रेनले तानेर निकालिएको प्रहरीले जनाएको छ। बडिघाट गुल्मीको ठूलो खोलामध्ये पर्छ।