Friday, August 14

मुलुकको विकासका लागि राजनीतिक स्थिरता आवश्यक छ : सञ्चारमन्त्री गुरुङ

नेपालअखबार,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको विकासका लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताएका छन् । बुधबार काठमाडौँमा स्वावलम्बन विकास केन्द्रको ३४ औँ वार्षिकोत्सवमा बोल्दै मन्त्री गुरुङले डेमोक्रेसी विकासका लागि उत्तम विकल्प भए पनि राजनीतिक स्थिरता बिना विकास सम्भव नरहेको बताएका हुन् ।नेपालमा अस्थिरताका कारण धेरै समस्या देखिएकाले स्थायित्वका लागि ठुला दलको समीकरण बनाएको उनले बताए ।

Advertisement

मन्त्री गुरुङले देशभर छरिएर रहेका साना–साना उत्पादनहरूलाई व्यवसायिकमुखी बनाउन सके देश माथि उठ्न सक्ने धारणा राखे ।कार्यक्रममा दुई लाख रुपैयाँ राशिको लघु उद्यमशील विकास पुरस्कार छिमेक लघुवित्त विकास संस्थालाई गरिएको छ भने दुई लाख राशिको शङ्करमान श्रेष्ठ लघुवित्त पुरस्कार सफल योगेन्द्र मण्डललाई प्रदान गरिएको छ । त्यस्तै ५० हजार राशिको उत्कृष्ट लघु उद्यमी सदस्य पुरस्कार विमला थारु, जमुना घिमिरे र आशा बुढामगरलाई प्रदान गरिएको थियो ।

Advertisement
Advertisement

Advertisement