Monday, April 20

संघीय निजामती सेवा विधेयकमा तल्लो तहका कर्मचारी उपेक्षित: सांसद रिजाल

नेपालअखबार, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सांसद घनश्याम रिजालले संघीय निजामती सेवा विधेयकमा तल्लो तहका कर्मचारीलाई उपेक्षा गरिएको बताएका छन् । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्दै सांसद रिजालले संविधान जारी भए लगत्तै आउनुपर्ने विधेयक ढिलो गरी आएको भएपनि केही सकारात्मक सन्देशहरु दिएको बताए ।

उनले विधेयकमा मस्यौदा लेखनमा सहभागि हुने तहका कर्मचारीका मागहरू सम्बोधन गरेको तर तल्लो तहका कर्मचारीहरूलाई उपेक्षित गरेको आरोप लगाए । विधायिकी प्रक्रियामा निजामती कर्मचारीहरू संसद् र सरकारभन्दा पनि प्रभावशाली हुन खोजेको भन्दै आपत्ति समेत जनाए । उनले कर्मचारीको कुलिङ अफ पिरियडको विषयमा समितिमा गम्भीर छलफल गर्न आवश्यक रहेको धारणा समेत राखे ।

Advertisement