
नेपालअखबार , काठमाडौं । वामपन्थी क्रान्तिकारी संगठनहरूले गम्भीर ध्यानाकर्षण गर्दै भनेका छन्, दार्चुलाको लिम्पियाधुरादेखि लिपुलेकसम्मको भू˗भाग नेपालको नै हो ।
दुई देशले व्यापारिक नाका बनाउने सहमतिको हामी स्वतन्त्र तथा सार्वभौम नेपालीहरूको तर्फबाट जोडदार विरोध गर्दै चार वामपन्थी क्रान्तिकारी राजनीतिक पार्टी तथा संगठनहरुद्धारा संयुक्त प्रेस विज्ञप्ति जारी गरिएको छ ।
संयुक्त प्रेस विज्ञप्ति भनिएको छ । २०८२ भदौ ३ गते भारत र चीनका विदेश सचिव स्तरीय बैठकले नेपालको दार्चुलाको लिम्पियाधुरादेखि लिपुलेकसम्मको भू˗भागलाई दुई देश बीचको व्यापारिक नाका बनाउने सहमति गरेको कुराप्रति हामी निम्न अनुसारका वामपन्थी क्रान्तिकारी राजनीतिक पार्टी तथा संगठनहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
उक्त भू˗भाग ऐतिहासिक कालदेखि नै नेपालको नक्सा, आधिकारिक कागजात तथा विभिन्न अकाट्य प्रमाणहरुले नेपाल केो भूमि हो भन्ने कुरा पुष्टि भएको कुरालाई बेवास्ता गर्दै भारत र चीनले सहमति गर्नु निन्दनीय कार्य भएको ठहर गरेको छ ।
नेपालको सार्वभौम भौगोलिक अखण्डतामाथि हस्तक्षेप हुनेगरी नेपालको भू˗ भागमा दुई देशले व्यापारिक नाका बनाउने सहमतिको हामी स्वतन्त्र तथा सार्वभौम नेपालीहरूको तर्फबाट जोडदार विरोध गरेका छन् । साथै तत्काल यसको खारेजीको लागि नेपाल सरकारसित पहल गर्न माग गरेका छन् ।


