Wednesday, June 24

अध्यक्ष नेपालद्धारा उखु किसानको आन्दोलनमा ऐक्यवद्धता

नेपालअखबार,काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले उखु किसानका माग सम्बोधन गर्नका लागि सधैं हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता जनाउनु भएको छ।

मंगलबार माइतीघर मण्डलामा उखु किसानहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका अध्यक्ष नेपालले यस्तो बताउनु भएको हो।उहाँले उखु किसानहरूको आन्दोलन निजी स्वार्थका लागि नभएको र देशको अर्थतन्त्रका लागि पनि आवश्यक रहेको जिकिर गर्नुभयो।

Advertisement

‘तपाईंहरूको यो आन्दोलन निजी स्वार्थका लागि होइन। देशको अर्थतन्त्रको निम्ति पनि जरुरी छ,’ अध्यक्ष नेपालले भन्नुभयो, ‘उखुको उत्पादन भएन भने के हुन्छ देशको हालत? नदी किनार, बालुवा भएको ठाउँमा उखु उत्पादन भएन भने के हुन्छ?’

अध्यक्ष नेपालले उखु किसानहरूको माग जायज रहेको भन्दै संसद् र सडक दुबैतिर आफ्नो पार्टीको साथ सहयोग रहने बताउनु भयो।

‘तपाईंहरूको माग जायज छ। तपाईंहरूको मागका लागि संसद्मा पनि र जनताको अघि पनि सँगसँगै हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छौं,’ नेपालले भन्नुभयो।