Sunday, April 19

मुख्य सचिवको कार्यकाल २ वर्ष नै राख्ने सहमति

नेपालअखबार,काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा मुख्य सचिवको कार्यकाल दुई वर्ष नै राख्ने सहमति जुटेको छ ।

हाल मुख्यसचिवको कार्यकाल तीन वर्ष छ । यसलाई घटाएर दुई वर्ष मात्रै कायम गर्ने गरी प्रतिनिधि सभाले सहमति गरेर संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभामा पठाएको छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले मुख्य सचिवको कार्यकाल दुई वर्ष नै राख्ने सहमति गरेको हो ।

Advertisement

निजामती सेवामा अवकाशको उमेर भने ६० वर्ष हुने छ । हाल ५८ वर्ष रहेको छ ।

निजामती सेवा विधेयक विधायन व्यवस्थापन समितिमा दफावार छलफलमा छ ।