Monday, July 27

प्रधानमन्त्रीको चीन भ्रमणमा दुईवटा विवादास्पद कुरा प्रति वरिष्ठ उपाध्यक्ष पाण्डेको प्रश्न

नेपालअखबार,काठमाडौं । एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा दुईवटा विवादास्पद कुराहरू सुनिएको बताएका छन्।

Advertisement

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङको द्विपक्षीय भेटवार्तापछि चीनले निकालेको वक्तव्यमा चीनको सुरक्षा रणनीतिमा नेपाल पनि सामेल भएको विषयमा प्रधानमन्त्रीको जवाफ माग गरेका हुन्।

Advertisement
Advertisement

‘चीनको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जिएसआई) मा नेपाल सहमत भएको कुरा सुन्नमा आएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटपछि चिनियाँ पक्षले जारी गरेको वक्तव्यमा चीनको सुरक्षा रणनीतिमा ग्लोबल सेक्युरिटी इनिसिएटिभमा नेपाल सहमत गर्छ भनिएको छ। प्रधानमन्त्रीको भ्रमण दलका सदस्यहरूले नेपाल यसको समर्थन गर्दैन भन्दै आएको देखिन्छ? सत्य कुरा के हो?,’ पाण्डेले भने।

Advertisement

त्यस्तैले चीनले जापानमाथि विजय प्राप्त गरेको दोस्रो विश्वयुद्धको अन्त्यको ८० औं वार्षिकोत्सवको परेडमा प्रधानमन्त्री केपी शर्मा ओली सामेल भएकोबारे पनि पाण्डेले प्रश्न उठाए।

‘जापान नेपालको प्रमुख साझेदार देश हो। जापानले आत्मसमर्पण गरेको अवसरलाई सम्झना गर्न आयोजित परेडमा प्रधानमन्त्री भाग लिँदा नेपालले लिँदै आएको असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तको विरोध भएन? यसबारे प्रधानमन्त्रीले संसदमा उपस्थित भएर जानकारी गराउनुपर्छ,’ उनले भने।