Friday, July 10

एमालेले कमीकमजोरी सच्याउन डराउनु पर्दैन : अष्टलक्ष्मी शाक्य

नेपालअखबार,काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले एमालेसहित सबै राजनीतिक दलहरूले आफ्ना कमीकमजोरीको समीक्षा गर्न जरुरी भएको बताएकी छन् ।

Advertisement

संविधान दिवसका अवसरमा एमालेले पार्टी कार्यालयमा शुक्रबार आयोजना गरेको कार्यक्रममा उपाध्यक्ष शाक्यले यस्तो बताएकी हुन् । उनले जेनजी आन्दोलनमा स्वार्थी तत्त्वहरूको घुसपैठका कारण युवाहरूले ज्यान गुमाउनुपरेको समेत बताइन् ।

Advertisement
Advertisement

‘शोकलाई शक्तिमा बदल्न नयाँ ढङ्गले अघि बढ्नुपर्छ । निराश हुनुपर्ने छैन, निदान छ, हामीसँग लक्ष्य बोकेको संविधान छ’, उनले भनिन, ‘निर्वाचित प्रतिनिधि सभा अत्तालिएर विघटन गर्न पुगियो भन्ने लागिरहेको छ । संविधान अपरिवर्तनिय होइन, यसमार्फत नयाँ नेपाल निर्माण गर्नुपर्छ ।’

Advertisement

उनले अहिले देश रोइरहेको भन्दै गणतन्त्रलाई कमजोर बनाउने गरी अहिले पनि चलखेल भइरहेकाले सचेत हुन जरुरी रहेको बताइन् । ‘गणतन्त्रलाई अहिले पनि कमजोर बनाउन चलखेल भइरहेको छ । इतिहास कसरी कोर्ने हो ? त्यसमा पनि छलफल गर्नुपर्छ । इतिहासको पानालाई गर्व गर्नसक्नेगरी इतिहास थप्ने हो’, उनले भनिन, संयम हुन जरुरी छ । सबै राजनीतिक दलहरूले नयाँ सोचका साथ राम्रा कामको आत्मसात् गर्दै कमीकमजोरी सच्चाएर अघि बढ्नै पर्छ ।’

उनले एमालेभित्र पनि समीक्षा गर्नुपर्ने भन्दै नेतृत्व तहबाट सच्चाउनुपर्ने केके हो त्यो तहमा जानुपर्ने बताइन् ।

‘समीक्षा गर्नुपर्छ । किन समीक्षा गर्न डराउने ? कस्ता कस्ता आन्दोलनका चुनौती सामना गरेर अघि बढेका हौ हामी । हाम्रो पार्टीलाई लोकतान्त्रिक शैलीबाट अघि बढाऔँ, समावेशी नेपाल बनाउनुपर्छ, बरु नयाँ अभियानका साथ लागौँ ।’