Saturday, April 18

संविधान दिवसमा पाकिस्तानी दूतावासको शुभकामना

नेपालअखबार,काठमाडौँ । नेपालस्थित पाकिस्तानी दूतावासले संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा शुभकामना व्यक्त गरेको छ । शुक्रबार दूतावासले सामाजिक सञ्जालमार्फत सन्देश दिँदै २०२५ सेप्टेम्बर १९ मा परेको संविधान दिवस तथा राष्ट्रिय दिवसमा नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक बधाई ज्ञापन गरेको हो ।सन्देशमा भनिएको छ, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका जनता र सरकारलाई संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा हार्दिक बधाई तथा शुभकामना ।’

Advertisement