Thursday, July 9

संयुक्त राष्ट्र संघमा नेतान्याहुलाई बोल्ने अधिकार नभएको भन्दै प्रदर्शन

नेपालअखबार,काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई संयुक्त राष्ट्र संघमा सम्बोधन गर्ने अधिकार नभएको भन्दै न्युयोर्कमा प्रदर्शन भएको छ ।

Advertisement

महासभामा नेतान्याहूले दिएको भाषणकै समयमा बाहिर टाइम्स स्क्वायरमा ‘फ्री प्यालेस्टाइन ’को नारा लगाउँदै ठूलो प्रदर्शन भइरहेको थियो ।

Advertisement
Advertisement

नेतान्याहुको भाषण सुरु हुनासाथ सयौं प्रदर्शनकारी टाइम्स स्क्वायरमा भेला भएका थिए । विरोधमा यहुदी धर्मगुरु रब्बी यित्ज्चोक ड्यूश पनि सहभागी थिए । उनले नेतान्याहुलाई संयुक्त राष्ट्रमा बोल्ने अधिकार नभएको बताउँदै भने, ‘उनी हाम्रो धर्मको प्रयोग गरेर आफ्ना अपराधलाई लम्ब्याउन खोज्दैछन्, उनी हाम्रो नाममा बोलिरहेका छैनन्।’

Advertisement

प्रदर्शन स्थल वरिपरि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । रब्बी ड्यूशले गाजामा युद्ध अन्त्य हुनु पर्नेमा विश्वभरका अधिकांश यहुदीहरू सहमत रहेको दाबी गर्दै सात अक्टोबरको आक्रमणको निन्दा गरे । तर, उनले संघर्षका ‘मूल कारणहरू’ समाधान नगरी शान्ति सम्भव नहुने बताए ।महासभामा आक्रामक भाषण गरेका नेतान्याहुले प्यालेस्टाइनलाई दिइएको मान्यता अस्वीकार गरेका थिए । धेरै देशहरूले प्यालेस्टाइनलाई मान्यता दिएपछि उनी आक्रामक भएका थिए ।