Tuesday, October 7

अहिलेको कठिन घडीमा प्रदेश सरकार नागरिकसँगै छ: मुख्यमन्त्री सिंह

नेपालअखबार,जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले नागरिकलाई सुरक्षित रहन र सतर्कता अपनाउन आग्रह गरेका छन् ।

Advertisement

मुख्यमन्त्री सिंहले आज विज्ञप्ति जारी गर्दै वर्षा र बाढीले सिर्जना गरेको यो चुनौतीपूर्ण परिस्थितिमा सुरक्षा निकाय नागरिकको सुरक्षाका लागि पूर्ण रूपमा सक्रिय र प्रतिबद्ध रहेको बताएका छन् ।

Advertisement

उनले प्रदेश सरकार मातहतका सबै स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरूलाई संवेदनशीलता बुझी जिम्मेवारीपूर्वक सेवा प्रवाहमा सक्रिय रहन निर्देशन दिइएको पनि बताए । उनले थपे, ‘नागरिकको ज्यान र सम्पत्तिको सुरक्षाका लागि राहत, उद्धार र सहयोगका कार्यहरू निरन्तर भइरहेका छन्, र कुनै पनि अमूल्य मानव जीवनको क्षति नहोस् भन्ने कामना गर्दछु ।’

मुख्यमन्त्री सिंहले अगाडि भनेका छन्, ‘यो कठिन घडीमा प्रदेश सरकार तपाईंका साथ छ। हामी सबै मिलेर यो विपद् पार गर्नेछौं। एक अर्काको सहयोग र एकताको भावना हाम्रो सबैभन्दा ठुलो शक्ति हो । सुरक्षित रहनुहोस्, सतर्क रहनुहोस्। सुरक्षा, राहत र पुनः स्थापनाका प्रत्येक कदममा प्रदेश सरकार नागरिकसँगै छ ।’