समाचारसमाज

आजको मौसम पूर्वानुमान

नेपाल अखबार, काठमाडौं ।  जल तथा मौसम विज्ञान विभागले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।
विभागले जारी गरेको सोमबारको मौसम पूर्वानुमानमा हाल नेपालभर मनसुनी वायु सक्रिय छ । साथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जानकारी दिइएको छ ।
यसैगरी, विभागले हाल देशभर सामान्य बदली रही प्रदेश १, २ तथा बागमती, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका केहि स्थानहरुमा मेघ गर्जन चट्याङ् सहित वर्षाको भईरहेको समेत जनाएको छ ।
यस्तै, सोमबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै जसो स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

the authoradmin

Leave a Reply