Sunday, June 21

मधेश प्रदेशका सांसदले आफ्नै मुखमा दले कालो मोसो

नेपालअखबार,काठमाडौं । मधेश प्रदेशका सांसदले आफ्नै मुखमा कालो मोसो दलेका छन्। शनिबार प्रदेश सभामा माओवादी केन्द्रका सांसद (हाल नेपाली कम्युनिस्ट पार्टी) रहबर अन्सारीले केन्द्रीकृत शासन पद्धति लागू गरेको भन्दै आफ्नो मुखमा कालो मोसो दलेका हुन्।

मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनाले आज विश्वासको मत लिइरहेका छन्। रोष्टममा बोल्ने क्रममा रहबर अन्सारीले कालो मोसो दल्दै विश्वासको मत नदिने बताए।

Advertisement

माओवादी केन्द्र मदेश प्रदेशका संसदीय दलका नेता भरतप्रसाद साहप्रति असन्तुष्टि जनाउँदै आएका सांसद अन्सारीले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने घोषणा गरे।