Friday, February 20

बाढी र पहिरोका कारण भियतनाममा ४१ जनाको मृत्यु

नेपालअखबार, हानोई । भियतनाममा भारी वर्षापछिको बाढी र पहिरोका कारण ४१ जनाको मृत्यु भएको छ । अधिकारीहरूका अनुसार मध्य भियतनाममा यो घटना भएको हो ।

उद्धार टोलीहरूले प्रभावित क्षेत्रहरूमा उद्धारको काम जारी राखेका छन् । बाढीको पानीमा डुबेका घरका छानामा फसेका मानिसलाई उद्धार गर्ने प्रयास जारी छ ।

Advertisement

विगत तीन दिनमा यस क्षेत्रका धेरै भागमा १५० सेन्टिमिटरभन्दा बढी वर्षा भएको छ । ६ वटा प्रान्तहरूमा मृत्यु रेकर्ड गरिएको छ भने नौ जना बेपत्ता व्यक्तिहरूको खोजी जारी रहेको भियतनामको वातावरण मन्त्रालयले जनाएको छ ।

५२ हजारभन्दा बढी घरहरू डुबेको बताइएको छ । ६२ हजार जनालाई सुरक्षित स्थानामा सारिएको छ । पहिरोले कयौं प्रमुख सडकहरू अवरुद्ध छ । दस लाख घर बिजुलीविहीन छन् । ह्यु सिटीदेखि डाक लाक प्रान्तसम्मको तटीय क्षेत्रहरूमा पानीको स्तर ०.३ देखि ०.६ मिटरसम्म बढ्ने अनुमान गरिएको बताइएको छ ।