Friday, July 3

एमाले सचिवालय बैठक शनिबार बस्ने, ओली सहभागी हुने

नेपालअखबार,काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक शनिबार बस्ने भएको छ।

Advertisement

अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यका कारण स्थान चाहिँ तय भइनसकेको सचिव भानुभक्त ढकालले जानकारी दिए।

Advertisement
Advertisement

‘औपचारिक सूचना आइसकेको छैन तर पनि शनिबार बस्ने तय भएको छ,’ उनले भने, ‘अध्यक्षज्यूको स्वास्थ्यलाई ध्यानमा राखेर ठाउँ तय हुन्छ।’

Advertisement

चुनावपछि अध्यक्ष ओली पहिलो पटक बैठकमा सहभागी हुन लागेका हन्।

गत चैत १३ गते जेनजी आन्दोलनमा हेलचेक्र्याइँपूर्वक मानिस मारेको अभियोगमा ओली पक्राउ परेका थिए। गत चैत २६ गते रिहा भए पनि स्वास्थ्यका कारण ओली पार्टी काममा फर्कन सकेका छैनन्।

ओली हिरासतमा हुँदा पहिलो वरीयताका उपाध्यक्ष रामबहादुर थापा बादललाई कार्यवाहक अध्यक्ष तोकिएको थियो। उनको अध्यक्षतामा दुई पटक एमाले सचिवालय बैठक बसेको छ।

पछिल्लो समय एमालेमा शक्तिसंघर्ष चुलिएको छ। पार्टी उपाध्यक्षद्वय विष्णु पौडेल, पृथ्वीसुब्बा गुरूङ, महासचिव शंकर पोखरेलसहितका ओली पक्षधर भनेर चिनिएका नेता उनको विकल्प खोज्न थालेका छन्।

पार्टी कमिटीमा अप्ठ्यारोमा परेपछि ओलीले बैठक टारिरहेको शंका असन्तुष्ट नेताहरूले गरेका थिए। एमालेमा निर्वाचनको समीक्षा पनि हुन सकेको छैन।

सचिवालय बैठक आह्वान भएसँगै एमालेका देखिएको गतिरोधले निकास पाउन लागेको हो।