Friday, July 3

मंसिर ११ गते कांग्रेस केन्द्रीय समिति बैठक बस्ने

नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक अब मंसिर ११ गते बस्ने गरी बोलाइएको छ।

Advertisement

आज सानेपामा बसेको केन्द्रीय समिति बैठकले आम निर्वाचनमा भाग लिने निर्णय गरे पनि महाधिवेशनबारे भने निर्णय गर्न सकेन।

Advertisement
Advertisement

प्रवक्ता प्रकाशशरण महतले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिने विषयमा पार्टीले केन्द्रीय समितिबाट निर्णय लिएको जानकारी दिए।

Advertisement

नियमित वा विशेष महाधिवेशन गर्ने भन्ने विषयमा भने अब अर्को बैठकमा छलफल हुने उनको भनाइ छ। प्रवक्ता महतका अनुसार मंसिर ११ गतेका लागि केन्द्रीय समिति बैठक बोलाइएको छ।

आजको केन्द्रीय समिति बैठकपछि महामन्त्री गगन थापाले अब नियमित महाधिवेशन गर्न नसकिने हो भने निर्विकल्प बाटो विशेष महाधिवेशन भएको प्रतिक्रिया दिएका थिए।

काङ्ग्रेसमा चुनाव अघि महाधिवेशन गर्ने कि पछि भन्नेमा विवाद छ।