
नेपालअखबार,काठमाडौँ ।नेपालमै गाडी कम्पनी स्थापना गर्ने हो भने खर्बौँ रुपैयाँ लगानी भइसकेका सवारीसाधनलाई पुनः प्रयोग गर्न सकिन्छ। तर यस विषयमा सरकार किन मौन छ भन्ने प्रश्न गम्भीर छ। राज्यले समयमा आवश्यक नीति लिन नसकेकै कारण हरेक वर्ष प्रयोगयोग्य गाडीहरू कवाडीको भाउमा फालिँदै आएकाछन्, जसले गर्दा नेपाली जनताको रगत–पसिना बालुवामा पानी खनाएझैँ खेर गइरहेको पौडेलले बताए।

नेताहरूको असंवेदनशीलता र तिनै नेतालाई मूल भ्रष्टाचारी भन्दै प्रचार गरेर संगठित रूपमा भ्रष्टाचार गर्न चतुर केही देशद्रोही कर्मचारीहरूको कारण मुलुकको अर्थतन्त्र दिनप्रतिदिन खस्कँदै गएको उनले बताए। साथै, देशले सरकारी सेवामा रहेका सम्पूर्ण नेपालीको ग्रीन कार्ड तथा सोसम्बन्धी प्रक्रिया सम्बन्धित देशको दूतावासबाटै सुरु गर्नुपर्ने र उनीहरूको सम्पत्तिको कडाइका साथ छानबिन गर्नुपर्ने आवश्यकता रहेको पनि पौडेलले बताए।

यदि देश बचाउनु छ भने हामी सबै यसवाहरुले हरेक तहमा हुने भ्रष्टाचारलाई रोक्न आवाज उठाउनु पर्छ । साथै पुराना भनिएर कवाडीका रुपमा फलिएका गाडिहरुलाई वौैकल्पिक रुपमा प्रयोग गर्ने राज्यले निति ल्याउन आवश्यक रहेको बताए ।


