Friday, April 24

निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय मान्दैनौं : पूर्णबहादुर खड्का

नेपालअखबार,काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएपछि देउवा पक्षले त्यसलाई अस्वीकार गरेको छ । देउवा पक्षका नेता पूर्णबहादुर खड्काले निर्वाचन आयोगले षड्यन्त्रपूर्वक निर्णय गरेको आरोप लगाएका छन् ।
उनले कानुनी र राजनीतिक दुवै लडाईं लड्ने बताए । ‘हामी वैधानिक कानुनी लडाईं सबै लड्छौं । यो निर्णय धेरै समय अघि देखि नै सेटिङ भएको भनिएका छन् । ती सबै कुरा चिर्दै आएको छ’ उनले पत्रकारहरूसँग भने,’एकपक्षले दाबी गरेको आधारमा गरिएको निर्णय प्रक्रियागत रुपमा त्रुटीपूर्ण छ । षड्यन्त्रपूर्वक भएको निर्णय खारेज गर्छौं ।’

उनले निर्वाचन आयोगले आधिकारिक कानुनी रुपमा निर्वाचित समितिलाई एकपटक नबोलाइ निर्णय गरेकोमा असन्तुष्टि जनाए ।निर्वाचन आयोगले शुक्रबार साँझ  विशेष महाधिवशेनबाट निर्वाचित नेतृत्वलाई वैधानिकता दिएको थियो ।

Advertisement