
नेपालअखबार, सल्यान । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सल्यानमा एक जना पक्राउ परेका छन् ।
कुमाख गाउँपालिका–५ झारकाँडा बस्ने ३२ वर्षीय धन बहादुर थापालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, धन बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रागेचौरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

