Saturday, May 2

जबरजस्ती करणी आरोपमा झापामा एक युवक पक्राउ

नेपालअखबार,,विराटनगर । झापामा जवरजस्ती करणी आरोपमा एक युवक पक्राउ परेका छन् ।

शिवसताक्षी नगरपालिकामा १९ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा शिवसताक्षी नगरपालिका–९ बस्ने २३ वर्षीय अमृतधन कुलुङ राई पक्राउ परेका हुन् ।

Advertisement

२०८२ साल माघ २० गते दिउँसो शिवसताक्षी–९ दुधेस्थित आफ्नो  पुरानो घरमा लगि जबरजस्ती करणी गरेको भन्दै युवतीले वैशाख १४ गते इलाका प्रहरी कार्यालय झिलझिलेमा जाहेरी दिएकी थिइन् ।

पीडितको जाहेरी परेको दुई दिनपछि वैशाख १६ गते प्रहरी टोलीले राईलाई दुधे चोकबाट नियन्त्रणमा लिएको हो  ।पक्राउ परेका राईलाई झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।