Friday, May 8

विश्वविद्यालयमा विद्यार्थी संगठन खारेज गर्ने निर्णयविरुद्ध विद्यार्थी संगठनले सर्वोच्च अदालत पुगे

नेपालअखबार, काठमाडौं । विश्वविद्यालयमा विद्यार्थी संगठन खारेज गर्ने निर्णयविरुद्ध विद्यार्थी संगठनले सर्वोच्च अदालत पुगेका छन् ।

शुक्रबार संगठनले विद्यार्थी संगठन कायम हुनुपर्ने मागसहितको रिट लिएर सर्वोच्च पुगेका हुन् । उनीहरूले विश्वविद्यालयहरुमा विद्यार्थी संगठन हटाउने सरकारको निर्णय कार्यान्वयन नगराउन माग गरेका छन् ।

Advertisement

विचारका आधारमा संगठनमा आवद्ध हुन पाउने अधिकार संविधान प्रदत्त अधिकार भएको उनीहरूको दाबी छ । विद्यार्थी संगठनहरुको खारेज गर्ने सरकारी निर्णय स्वेच्छाचारी भएको उल्लेख गर्दै सरकारी निर्णय कार्यान्वयन नराउन अन्तरिम आदेशको माग गरिएको छ ।

आठ विद्यार्थी संगठनले सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र गृह मन्त्रालयलाई विपक्षी बनाएर निवेदन पेस गरेका छन् ।