
नेपालअखबार,काठमाडौं । काठमाडौंमा सुकुम्बासीमाथि दमन भएको भन्दै प्रदर्शन भएको छ।
बुधबार काठमाडौंको माइतीघरमा प्रदर्शन भएको हो। सरकारले चैत १२ गतेदेखि काठमाडौं उपत्यकाका नदी किनारामा बस्दै आएका सुकुम्बासीहरूलाई हटाएको थियो।
उनीहरूलाई त्यहाँबाट विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ। उनीहरूले क्षतिपूर्ति दिनुपर्ने समेत माग गरेका छन्।
प्रदर्शनमा अहिले महंगी आकाशिएको र विदेशी हस्तक्षेप समेत भएको भन्दै नारा लगाएका थिए।

