Wednesday, May 13

५५९ ग्राम खैरो हेरोइनसहित १० जना पक्राउ

नेपालअखबार,काठमाडौं । ५५९ ग्राम खैरो हेरोइनसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्युरो र मातहतको कार्यालयले १० जनालाई खेरो हेरोइनसहित पक्राउ गरेको एसपी दुर्गाराज रेग्मीले जानकारी दिए।

Advertisement

उनका अनुसार पाँच जनालाई काठमाडौंबाट, दुई जना नेपालगन्ज, एक जना पोखरा र दुई जनालाई सुर्खेतबाट पक्राउ गरेको हो।

भरत ओखेडा, गोपी कटुवाल, मंगल राम, गंगा राई र गौतम केसी काठमाडौंबाट पक्राउ परेका हुन्।

नेपालगन्जबाट भारतीय नागरिक तेजेन्द्र कुमार र विजय सिंह पक्राउ परेका हुन्।

पोखराबाट रूबिना खातुन र सुर्खेतबाट प्रशासन सुनार र एकेन्द्रबहादुर सुनार प्रहरी नियन्त्रणमा छन्।

उनीहरूबाट १६ लाख ६३ हजार ५५० रुपैयाँ नगद पनि बरामद भएको छ।

WhatsApp-Image-2026-05-13-at-1.22.39-PM-(1)-1778660187.jpeg