समाचार

कर्मचारी फर्काउन नेपाल मेडिकल कलेज सहमत

नेपाल अखबार, काठमाडौं । जोरपाटीस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पतालले कामबाट निकालेका कर्मचारीलाई फर्काउन सहमत भएको छ । अस्पतालको प्रशासनबाट लिखित प्रतिबद्धता आएपछि सबै कर्मचारीलाई काममा फर्काउने सहमति भएको स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष किरण केसीले जानकारी दिए ।
नेपाल मेडिकल कलेज शिक्षण अस्पतालको करार सेवामा कार्यरत कर्मचारीलाई असार ३१ गते रोजगारीबाट निकालेको जनाउँदै कर्मचारीले अस्पताल प्रशासनमा तालाबन्दीलगायत आन्दोलन गरेका थिए । उक्त आन्दोलनपछि अस्पतालले करार अवधि थप नगरी सेवाबाट हटाएका ७१ कर्मचारीलाई नियमित काममा फर्काउने भएको अध्यक्ष केसीले जानकारी दिए । रासस

the authoradmin

Leave a Reply