Monday, April 27

नेपालका ८ जिल्ला भए कोरोनामुक्त

नेपाल अखबार, काठमाडाैं। नेपालका ८ जिल्ला कोरोनामुक्त भएका छन्।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले नेपालका ८ जिल्लामा कोरोना संक्रमितको संख्या शून्य रहेको बताए।
प्रवक्ता गौतमका अनुसार भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ हुम्ला र जुम्ला गरी ८ जिल्ला कोरोना मुक्त भएका हुन्।
त्यस्तै प्रवक्ता गौतमलले तीन जिल्लामा कोरोना संक्रमितको संख्या बढी रहेको बताए।
प्रवक्ता गौतमका अनुसार रौतहट, कैलाली र बाजुरामा कोरोना संक्रमितको संख्या ५ सय भन्दा बढी रहेको छ।
त्यस्तै नेपालमा पछिल्ले २४ घण्टामा थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या १७ हजार ६५८ पुगेको छ।
प्रवक्ता गौतमका अनुसार आज ३ हजार ७४१ जनाको पीसीआर परीक्षण गरिएको थियो।
त्यस्तै नेपालमा पछिल्ले २४ घण्टामा थप ५८ जनामा कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्।
अहिलेसम्म ११ हजार ६९५ जना संक्रमित निको भएको प्रवक्ता गौतमले बताए।
त्यस्तै नेपालमा अहिलेसम्म कोरोनाका कारण ४० जनाको मृत्यु भइसकेको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *