
नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको निवास अगाडि पनि शंकास्पद् गाडी राखेको पाइएको छ ।
सभापति थापाको रातोपुलस्थित निवास अगाडि बीएसी ९५७५ नम्बरको गाडी पार्किङ गरिएको छ ।
उक्त गाडी बाइकसमेत निस्कन नमिल्ने गरी बिहान ७ बजेदेखि राखिएको स्थानीयले बताएका छन् ।
चालकले गाडी त्यहाँ पार्किङ गरेर नेपाल प्रहरीकै गाडी चडेर गएको प्रत्यक्षदर्शीले दाबी गरेका छन् ।




