Friday, July 31

गण्डकी प्रदेशसभा बैठक दिउँसो बस्दै

नेपालअखबार, गण्डकी । गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो २ः०० बजे बस्दैछ । गत असार २५ गते स्थगन भएको प्रदेशसभा बैठक आज बस्न लागेको हो ।

Advertisement

आजको बैठकमा प्रदेश प्रमुख डिल्लीराज भट्टबाट प्रदेशसभामा फिर्ता आएको औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेतीलाई नियमन तथा उपयोग गर्ने सम्बन्धमा बनेको विधेयक पुनर्विचारका लागि पेस हुने  सम्भावित कार्यसूची प्रदेशसभा सचिवालयका सचिव गोविन्द पौडेलले जानकारी दिए ।‘प्रदेश प्रमुखबाट उक्त विधेयक फिर्ताका सम्बन्धमा पठाउनुभएको सन्देश प्रदेशसभामा प्रस्तुत हुन्छ, शून्य समयमा प्रदेशसभा सदस्यज्यूहरुले समसामयिक विषयमा धारणा राख्ने बैठकको कार्यसूची छ’, उनले भने । गत असार २५ गते प्रदेशसभाबाट पारित गाँजाखेतीसम्बन्धी विधेयक प्रदेश प्रमुख भट्टले पुनर्विचारका लागि गत शुक्रबार प्रदेशसभामा फिर्ता पठाएका थिए ।

Advertisement
Advertisement

Advertisement