Tuesday, September 15

रवि लामिछानेले तेस्राे पटक बाेलाए सर्वदलीय बैठक

नेपालअखबार, काठमाडाैँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले तेस्राे पटक सर्वदलीय बैठक बाेलाएका छन्। भाेलि(भदाै ३१) काे बैठकमा शीर्ष नेताहरूलाई बाेलाइएकाे छ।

Advertisement

यसअघि लामिछानेले गत भदाै १० र १६ गते सर्वदलीय बैठक बाेलाएका थिए। भदाै १० गते बाेलाइएकाे बैठकमा बाढी प्रभावित क्षेत्रमा भइरहेको खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने र राहत तथा पुनःस्थापनाका लागि संयुक्त कदम चाल्ने विषयमा छलफल भएकाे थियाे।

Advertisement
Advertisement

भदौ १० गते सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकले बाढी प्रभावित क्षेत्रका जनतालाई उद्धार, राहत तथा व्यवस्थापनको लागि उच्चस्तरीय संयन्त्र गठन गर्ने निर्णय गरेको थियो ।

Advertisement

त्यस्तै अर्काे बैठक(भदाै १६) गते बाेलाइएकाे बैठकमा दोस्रो तहका नेताहरू सहभागी भएका थिए।

भोटेकोशीमा आएको अप्रत्याशित र विनाशकारी बाढी–पहिरोलगत्तै बसेको सर्वदलीय बैठकबाट नेपालमा विपद्को दिगो समाधान र पूर्वतयारीका सम्बन्धमा १० बुँदे साझा सङ्कल्प पारित भएको थियो।