Monday, October 12

कांग्रेस सहमहामन्त्री : रामहरि खतिवडाको अग्रता कायमै र दोस्रोमा अजयबाबु

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला तर्फको सहमहामन्त्री पदमा जारी मतगणनामा रामहरि खतिवडाले अग्रता कायमै राखेका छन्।

Advertisement

हालसम्म गणना भएको मतपरिणामअनुसार खतिवडाले ९१७ मत प्राप्त गरेका छन् । अजयबाबु सिवाकोटी ६५३ मतसहित दोस्रो स्थानमा रहँदा डिल्लिराज सुवेदीले ५०० मत प्राप्त गरेका छन्।

Advertisement
Advertisement

त्यस्तै, देवेन्द्रराज कँडेलले ३९५, विकास कोइरालाले ३३०, राजीव ढुंगानाले २९३, रमेशप्रसाद धमलाले २४४, अमृतकुमार अर्यालले २०४ र विमलराज क्षेत्रीले ७२ मत प्राप्त गरेका छन्।

Advertisement

खुला तर्फ सहमहामन्त्री पदमा दुई जना निर्वाचित हुने व्यवस्था छ।