Monday, October 12

आज सुनको मूल्य घट्यो

नेपालअखबार,काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँले घटेको हो ।

Advertisement

महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ४०० रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला २ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement
Advertisement

यस्तै, सोमबार १० ग्राम सुनको मूल्य २ लाख ५२ हजार ४०० रुपैयाँ कायम भएको छ ।

Advertisement

यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । आइतबार प्रतितोला ४ हजार ४४० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार २५ रुपैयाँले घटेर ४ हजार ४१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सोमबार १० ग्राम चाँदीको मूल्य ३ हजार ७८५ रुपैयाँ कायम भएको छ ।