Friday, October 16

देउवा समूहको अमेरिका संयोजक तोकिए सिटौला

नेपालअखबार, काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले समूहको अमेरिका संयोजकमा प्रमोद सिटौलालाई तोकेको छ ।

Advertisement

समूहको नेपाली कांग्रेस १५औं केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले नेपाली जनसम्पर्क समिति संयुक्त राज्य अमेरिकाको संयोजकमा प्रमोद सिटौलालाई मनोनयन गरेका हुन् । जनसम्पर्क समितिलाई नेपाली कांग्रेसले भ्रातृ संगठनको मान्यता दिँदै आएको छ ।

Advertisement
Advertisement

नेपाली कांग्रेसको १५औं नियमित महाविधेशनको तयारीका लागि जनसम्पर्क समिति अमेरिकाको संयोजकमा सिटौलालाई मनोनयन गरिएको डा. कोइरालाले पत्रमा लेखेक छन् ।

Advertisement

संयोजक कोइरालाले पत्रमा नेपाली कांग्रेसको १५औं नियमित महाधिवेशन मंसिर २१, २२ र २३ गते काठमाडौंमा हुन लागेको भन्दै नेपाली जनसम्पर्क समितिको अधिवेशन तोकिएको समयमा पार्टीको मूल्य, मान्यता र विधान बमोजिम गर्न संयोजक सिटौलालाई निर्देशन दिएका छन् । सिटौला जनसम्पर्क समिति अमेरिकाका संस्थापक हुन् ।