Thursday, November 19

दाङमा यात्रुवाहक बस दुर्घटना, १४ जना घाइते

नेपालअखबार, बुटवल । बुटवलबाट बाँकेको नेपालगञ्ज जाँदै गरेको यात्रुवाहक बस आज बिहान दाङमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

Advertisement

बाँकेको कोहलपुरका स्थानीय रिजर्भमा बुटवल भ्रमण गरी फर्किने क्रममा भे.१ ख ३१३० नम्बरको बस लमही नगरपालिका–९ स्थित अमिलियामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Advertisement
Advertisement

बसमा ५३ जना यात्रु सवार रहेको र अनियन्त्रित भएर पल्टिँदा १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी डा. हेमबहादुर केसीले जानकारी दिए ।

Advertisement

दुर्घटनामा बाँकेको बैजनाथ गाउँपालिकाकी पूर्णिमा थापा र सोही स्थानकी अनिषा सुनार घाइते भएका छन् । यस्तै, बर्दियाको बासगढी नगरपालिका–३ का जीवन सुनार, सन्दीप सुनार, निकिता सुनार, प्रज्ञा सुनार, आकृति सुनार, हरिकृष्ण नेपाली, मनिषा सुनार, पूजा सुनार, दीपक सुनार, पुष्पा सुनार र करण सुनार घाइते भएका छन् ।

उनीहरूलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ । घाइते सबैको अवस्था सामान्य रहेको डीएसपी केसीले जानकारी दिए ।