Saturday, April 18

फेसबुक ह्याक गरेर अर्काको आफन्तलाई ठग्ने गिरफ्तार

नेपाल अखबार, काठमाडौँ । सामाजिक सञ्जाल फेसबुक आइडी ह्याक गरेर ठग्ने साविर आलमलाई प्रहरीले पक्रेको छ । महानगरीय अपराध महाशाखाले जिल्ला प्रहरी कार्यालय सुनसरीसँगको समन्वयमा दुहवीबाट उनलाई पक्रेको हो ।
२३ वर्षीय साविरले फेसवुक ह्याक गरेर सो आइडी चलाउनेको आफन्तसँग ‘ठूलो समस्यामा छु, तुरुन्तै पैसा पठाइदिनुस्’ भनेर म्यासेज गर्थे ।
अनि, आइडीवालाको आफन्त पैसा पठाउन राजी भएपछि उनले आफ्नै खातामा डिपोजिट गर्न लगाउँथे ।
‘फेसवुक प्रयोगकर्ताको एकजना आफन्तले पठाएको ५० हजार निकाल्न जाँदा साविरलाई पक्रेका हौं’ महानगरीय अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरिक्षक एसएसपी दिपक थापाले भने–‘बैंक ट्रान्जेक्सन हेर्दा ठुलो परिमाणमा आर्थिक कारोबार गरेको देखिएको छ, थप अनुसन्धान गर्दैछौँ ।’
सुनसरीको दुहवी शाखाको एउटा बैंकमा पैसा निकाल्न जाँदा पक्राउ परेका साविरले ७५ हजार ठगेको उजुरी परेको छ ।
ठगेको आरोपमा जनकपुरमा कुरियर चलाउने धिरज शाहलाई पनि प्रहरीले पक्रेको छ । ‘साविज कुरियर सर्भिस’का संचालक शाहले कुरियरको अनलाइनमा भारतबाट नेपालमा सामान पठाउने सूचना राख्ने र पैसा लिएपछि सामान डेलिभरी नगर्ने गरेको थाहा पाएपछि महाशाखाले उनलाई पक्रेको हो ।
‘साविज कुरियर’ संचालकले ८ जनाबाट ३ लाख २५ हजार ठगेको प्रहरीकोे प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *