प्रदेश ४राजनीतिसमाचार

गण्डकी प्रदेशसभाको बैठक स्थगित

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेश सभाको बैठक पुनः स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधपछि बैठक स्थगित भएको छ ।
संसदमा दर्ता गराएको संकल्प प्रस्तावलाई बेवास्ता गरेको भन्दै काँग्रेसले सोमबार पनि बैठक बहिस्कार गरेको थियो । मंगलबार सभामुख नेत्रनाथ अधिकारीले बैठक सुरु भएको घोषणा गरे लगत्तै काँग्रेसका सांसदहरुले उठेर विरोध जनाएका थिए ।
काँग्रेसले बैठक बहिस्कार गरेपछि सभामुख अधिकारीले पटक–पटक बस्न आग्रह गरेका थिए ।
सहमति जुटाउनको लागि कार्यदल गठन गरिए पनि सहमति जुट्न नसकेको भन्दै उनले संकल्प प्रस्तावलाई साझा प्रस्ताव बनाउन खोजी रहेको बताए ।
सभामुख अधिकारीले सहमतिमा ल्याउने कोसिस गरे पनि विपक्षी दलका नेताहरुले नमानेपछि उनले बैठक स्थगित भएको घोषणा गरेका थिए । सभाको अर्को बैठक साउन १६ गते दिनको  १ बजे बस्ने छ ।

the authoradmin

Leave a Reply